काठमाडौं । फिफाको विश्व वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं नम्बरमा उक्लिएको हो ।
दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १९२ औं स्थानमा रहेको छ । पाकिस्तान १९५ औं स्थानमा रहदा श्रीलंका २०७ औं स्थानमा छ ।
अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ ।