रुस संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अध्यक्ष, युक्रेनको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

रुस संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अध्यक्ष, युक्रेनको आपत्ती

काठमाडौं । रुस संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अध्यक्ष बनेको छ । राष्ट्रसंघको सुरक्षा परिषद्का ५ स्थायी र १० अस्थायी सदस्यहरु आलोपालो अध्यक्ष बन्ने प्रावधान अनुसार रुसको पालो आजबाट सुरु भएको हो ।

राष्ट्रसंघको सुरक्षा परिषद्मा रुस अध्यक्ष बनेकोमा युक्रेनले आपत्ती जनाएको छ । युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले अप्रिल फुलको दिनमै रुस राष्ट्रसंघको अध्यक्ष बन्नुलाई अहिलेसम्मकै खराब मजाकको संज्ञा दिएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय अपराधसम्बन्धी अदालतले दोषी ठहर गरी पक्राऊको आदेश जारी गरिसकेको अवस्थामा राष्ट्रसंघको सुरक्षा परिषद्मा उक्त देशलाई अध्यक्षता दिनुले गलत बाटो भनेका छन् । युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलिकले यो घटनालाई अन्तर्राष्ट्रिय कानूनमाथिको बलात्कार भनेका छन् ।

रुससहित अमेरिका, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघको सदस्य छन् । रुसले गत वर्ष युक्रेनमाथि हमला गरेपछि चीनबाहेक तीन राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्यले विरोध गर्दै आएका छन् । युक्रेनलाई अमेरिकासहित नाटो देशले सैन्य सामाग्री सहयोग गर्दै आएका छन् । जसका कारण रुसको पश्चिमा देशहरुसँग तनाव बढ्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);