प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह : सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिनसक्ने बनाउनुस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह : सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिनसक्ने बनाउनुस्

काठमाडौं, १६ चैत्र । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताउनु भयो । उहाँले सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताउनु भयो । उहाँले राज्यले , निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिनसक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभयो ।

उहाँले देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरुले बनाउने नभइ समन्वयकारी भुमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको बताउनु भयो । महामन्त्री शर्माले देशले अहिले आर्थिक प्रतिकुलताको सामना गरिरहेको भन्द अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर वाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले देश निराशाले नबन्ने भन्दै केही फूलहरुको खोजि गर्न आवश्यक रहेको बताउनु भयो । उद्योगहरु बिस्थापित हुनबाट रोक्न बैंकबाट लिएको ऋणलाई कसरी कम गर्ने भन्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देश जुन प्रकारको आर्थिक प्रतिकुलतासँग जुद्दै छ, यो बेलामा त्यसको सामना गर्ने भनेको नै नेपाली उत्पादनलाई बढाएर उत्पानलाई वाह्य बजारमा लैजानुपर्छ । देश निराशाले बन्दै, आशाले बन्छ । काँडाहरु देखिराखेर मात्रै बन्दैन, केही फूलहरुको खोजिले बन्छ । त्यसकारण नेपालमा २०४६ सालको परिवर्तनपछि निजी क्षेत्र र यो जुत्ताको लगभग १५ सय बढी उद्योगहरु सञ्चालन हुन भनेको रोजागारी बढ्नु हो । सरकारको काम शिक्षाको काम बढाउनु, स्वास्थ्य क्षेत्रको बिस्तार गर्नु हो । नेपालको जुत्ता उद्योग अहिले जुन आत्मनिर्भर उन्मुख छ, यसलाई कसरी चोरी, पैठारीबाट भएकाबाट कसरी जोगाउने, बैंकबाट लिइ आएको ब्याजलाई कसरी वान डिजिजमा कसरी सिमित गर्ने, ब्याजका कारण कोही पनि उद्योगीहरु बिस्थापित भइरहेको अवस्था छ । जुत्तालाई टेकेर धेरै उभिएका छन्, तर जुत्ता उद्योगले टेक्ने खालको अवस्था राज्यले बनाउनु छ । जुत्ता उद्योग आफैँ उभिन राज्यले ब्याजको कुरामा ध्यान दिन जरुरी छ । यसलाई वृहत्तर उद्योगको रुपमा राज्यले प्रोत्साहित गर्नुपर्छ । नेपाललाई धेरै मानिसले श्रीलंका बन्छ भन्दै गरेको भनेको आयात बढेर जाने, रेमिट्यान्स गत जेठको भन्दा ८ सय अर्बले आउँदा पनि २ सय रुपैयाँ शोधनान्तर घाटा हुने भनेको, नेपाल भित्रिने भन्दा बाहिरिने पैसा बढी हुनु भनेको राम्रो होइन । नेपालको अर्थतन्त्र लड्खडाउँदै उभिन सक्ने की नसक्ने, कुनैपनि समय धराशायी हुने भन्ने दोधारमा छ । नेपाली उत्पादनको प्रयोग गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डलाई पनि भन्छु की सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रबाट भएको उत्पादन, आन्तरिक उत्पादन पनि उभिनसक्ने बनाउनु पर्छ । देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरुले बनाउने होइन, तर समन्वय गर्ने काम प्रधानमन्त्रीले हो, त्यसैले देश बनाउन सबै मानिसको संलग्नता हुनुपर्छ ।’

महामन्त्री शर्माले जुत्ता उद्योगलाई वृहत्तर उद्योगको रुपमा बिस्तार गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपाली जुत्ता लगाउन, प्रयोग गर्न र नेपाली उत्पादनको प्रयोग बढाउन आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);