किशोर तामाङ
कञ्चनपुर, १८ पुष । नेपाल–भारत बिबादित सीमा रेखाङकनका लागि संयुक्त सीमा सर्भे टोली खटाइएको छ । भारतीय पक्षबाट सीमा सर्भेक्षण टोलीमा सर्वेक्षक सुरेन्द्रकुमार र बिजुराम रहेका छन । टोलीले कञ्चनपुर डोकेबजार स्थित सिमा स्तमभ ७ सय ५३ देखि ब्रह्मदेव सीमा स्तम्भ नम्बर ८ सय ११ सम्म रेखांकन गर्ने छ ।
नेपालकोतर्फबाट नापी विभागका प्रमुख सुदर्शनसिंह धामीको नेतृत्वमा सात सदस्यीय सर्भे टोली खटाइएको छ । नापी टोलीलाई कैलाली र बर्दियाको सिमानामा रहेको पिलर नम्बर ७ सयदेखि कञ्चनपुरको ब्रह्मदेवमा रहेको पिलर नम्बर ८ सय ११ सम्मका हराएका पिलरको खोजी मर्मत र रंग रोगनको जिम्मा दिएको छ । सीमा बिबादका लागि संयुक्त सर्वे टोली खटिएपछि स्थानीय खुसी भएका छन् ।
पुर्नवास सीमा विवादका कारण गत फागुनमा भारतीय प्रहरीको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो । त्यसपछि नेपाल भारत सीमामा बिबाद चुलिदै गएको छ । सीमा बिबादको लागि संयुक्त सर्भे टोली खटाइएपछि लामो समयदेखिको सीमा विवाद समाधान हुने अपेक्षा छ ।




