बिहानैदेखि मिटरब्याजी पीडितहरुको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बिहानैदेखि मिटरब्याजी पीडितहरुको प्रदर्शन

काठमाडौं, १४ चैत्र । मिटरब्याजी पीडितहरुले आज बिहानैबाट बिरोध प्रदर्शन शुरु गरेका छन् । पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् ।

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन् ।

पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमवारको रात बिताएका थिए । पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर बिरोध गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);