काठमाडौं,१३ चैत्र । नेपाल राष्ट्र बैंकले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आकस्मिक छलफलका लागि बोलाएको छ ।
बैंकले सीईओहरूलाई आज दिउँसो याक एण्ड यती होटलमा बैठकको लागि बोलाएको हो । बैठकका लागि २२ वटै वाणिज्य बैंकका सीईओहरुलाई बोलाइएको छ ।
राष्ट्र बैंकले समसामयिक अर्थतन्त्र र बैंकिङ प्रणालीमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्न बैंकर्सहरूलाई बोलाएको हो ।




