काठमाडौँ, चैत्र १२ \ माउन्टेन टेलिभिजन एचडी। नवलपरासीको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा परिचित रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दूर्गन्ध फैलिएको छ ।
फोहोर व्यवस्थापनका लागि डम्पिङ साईटको उचित व्यवस्था हालसम्म पनि नहुँदा स्थानीय जोखिमपूर्ण जीवन जिउन बाध्य भएका छन् ।