काठमाडौं, १० चैत्र । श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नवीन कुमार दासलाई जेल चलान गरिएको छ । घरेलु हिंसा तथा ५० लाख रुपैयाँ दाइजो माग्दै पत्निलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका राजविराज ३ का दासलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
उनकी श्रीमती आरती कुमारी दासले परिवारका सदस्यहरुबाट बिहे भएको वर्ष दिन नपुग्दै घरेलु हिंसा भएको आरोपमा गत माघमा जाहेरी दिएकी थिइन् । आरतीले माघ २६ गते अदालतमा जाहेरी दिएकी हुन ।
बिहीबार जिल्ला अदालतले विवाह सम्बन्धि कसुर मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश हेमन्त रावलको एकल इजलासले पुर्पक्षका लागि दासलाई जेल चलान गर्ने आदेश दिएको हो । दासले आरतीलाई कुटपिट गर्दा गर्भपात समेत भएको थियो ।