काठमाडौं, ९ चैत्र । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ः३० बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभा हलमा बस्नेछ
।
आजको बैठकमा सिंहदरबार परिसरको गुरुयोजना, सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको गुरुयोजना र पुरानो प्रतिनिधि सभा भवनको संरक्षण गर्ने सम्बन्धमा शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।