काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले लाओसलाई दुई गोलले पछि पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २–० गोलको अग्रता बनाएको छ ।
नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएका हुन् । नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरुवाती अग्रता लिएको थियो ।