प्रदेशसभा समानुपातिकतर्फको सूची सच्याउन ६ पार्टीलाई निर्वाचन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १८ पुष । निर्वाचन आयोगले ६ पार्टीलाई प्रदेशसभा समानुपातिकतर्फको सूची सच्याउन निर्देशन दिएको छ ।

निर्वाचन आयोगले नेपाली कांग्रेससहित ६ पार्टीलाई प्रदेशसभा समानुपातिकतर्फको सूची सच्याउन निर्देशन दिएको छ । आयोगले कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनता पार्टीलाई नाम सच्याएर ल्याउन निर्देशन दिएको छ ।

आगोगले समावेशी सिद्धान्तअनुसार सूची नभएको भन्दै सच्याउन दलहरुलाई पत्रचार गरेको छ ।आयोगले उमेदवारको सूची तीन दिनभित्र सच्याउन दलहरुलाई समय दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);