एजेन्सी, १८ पुष । महँगी र भ्रष्टाचार लगायतका विषयलाई लिएर इरानका कैयौँ शहरमा केही दिनयता सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्।
यसबीचमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको अवस्थाबारे सामाजिक सञ्जाल ट्विटरमा विभिन्न टीकाटिप्पणी गर्दै आएका छन्।ट्रम्पले चार दिनभित्र गरेका चारवटा ट्वीटमध्ये तीनवटामा मानवाधिकारबारे उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय मामिलाका जानकार प्राध्यापक मुक्तदर खानका अनुसारट्रम्प इन्टरनेटमा उक्साउने कुरा गर्छन्। इरानले आतंकवादका लागि पैसा खर्च गरेको आरोप उनले पटक-पटक लगाउने गरेका छन्।
ट्रम्पले भनेका छन्, अन्तर्राष्ट्रिय समुदायले इरानको अवस्थालाई नियालिरहेको छ। क्यानडाको विदेश विभागले पनि ट्रम्पको जस्तै कूटनीतिक भाषामा कुरा गरेको छ र इरानले मानवाधिकार उल्लंघन गर्न नहुने बताएको छ।
प्राध्यापक खान भन्छन्, ट्रम्पले सामाजिक सञ्जालको यसरी प्रयोग गर्नुको मुख्य उद्देश्य अमेरिकामा आफ्ना मतदातालाई खुशी बनाउनु हो। हालै ट्रम्पले उनको देशमा इसाईहरूको एउटा समुदायलाई खुशी पार्ने उद्देश्यले जेरुसलेमलाई इजरेलको राजधानीको रूपमा मान्यता दिने विवादास्पद निर्णय गरेका थिए।
सौजन्य : बिबिसी