उपनिर्वाचनका लागि दल दर्ता आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं, ७ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लाग दल दर्ता गर्न आयोगले आह्वान गरेको हो ।

आयोगले चैत्र ८ गतेदेखि १२ गते कार्यालय समयभित्र सम्म दल दर्ता गर्ने समय तोकेको छ । तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भइसकेका छन् ।

त्यस्तै, चितवन २ बाट निर्वाचित रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । यसैगरी, बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);