उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

nirbachan ayog new

काठमाडौं, ८ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज देखि दल दर्ता सुरु गर्दैछ । रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आजदेखि चैत्र १२ गते कार्यालय समयभित्र सम्म दल दर्ता गर्ने समय तोकेर आयोगले दल दर्ता सुरु गर्न लागेको हो ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भइसकेका छन् ।

त्यस्तै, चितवन २ बाट निर्वाचित रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । यसैगरी, बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply