प्रधानमन्त्री प्रचण्डले शत प्रतिशत विश्वासको मत पाउँछन् त ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले शत प्रतिशत विश्वासको मत पाउँछन् त ?

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिदैहुनुहुन्छ । दाहालले सोमबारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमवार (भोलि) सय प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो । उहाँले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले सोमवार सय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’ प्रधानमन्त्री दाहालले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने
कार्यसूची रहेको छ । उहाँलाई हालसम्म नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);