साइकल दुर्घटनामा परी २ जना गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

साइकल दुर्घटनामा परी २ जना गम्भिर घाइते

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका ९ सकार मा साइकल भिरमा खस्दा २ जना घाइते भएका छन्।

घाइते हुनेमा नौगाड ६ का १८ वर्षिय बिरेन्द्र ठगुन्ना र माहाकाली नगरपालिका ६ का १७ वर्षिय भास्कर भाट रहेका छन्।

बिरेन्द्र ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा उपचार पछि घर पठाइएको र गम्भिर घाइते भएका भास्कर भाट लाई थप उपचारका लागि भारतको पिथौरागढ लागिएको प्रहरीले जानकारी दिएको छ।

दुवै जना एकै साइकलमा सवार रहेको र साइकल सडक बाट अन्दाजी ४० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। सांकेतिक तस्विर

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);