तत्काल प्रतिनिधिसभा समानुपातिकको परिणाम सार्वजनिक हुँदैन : यादव | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

तत्काल प्रतिनिधिसभा समानुपातिकको परिणाम सार्वजनिक हुँदैन : यादव

काठमाडौं, १७ पुस । निर्वाचन आयोगले संवैधानिक र कानुनी जटिलताका कारण तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन, निर्वाचन नियमावली र निर्देशिका अनुसार पनि तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको प्रष्टयाएका छन् ।

निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरी तत्काल नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न माग गर्दै सोमबार आयोग कार्यालय पुगेका बाम गठबन्धनका युवा–विद्यार्थी नेतृत्वसँगको सामूहिक भेटमा उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवले संघीय संसदमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गराउने संवैधानिक प्रावधान रहेकाले पनि प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने कुरा बुझिदिन सबैमा आग्रह गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले आयोग संवैधानिक निकाय भएकाले संविधानले निर्देश गरे अनुसार आयोगले आफ्नो कार्य सम्पादन गरिरहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);