डिडिसीले आजदेखि बढायो दुधको भाउ | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

डिडिसीले आजदेखि बढायो दुधको भाउ

ddc

काठमाडौं, २ चैत्र । दुग्ध विकास संस्थान (डिडिसी)ले दुधको मुल्य बढाएको छ । डिडिसीले आजदेखि लागुहुने गरी सबै प्रकारको दुधको मुल्यमा ११ देखि १६ रुपैयाँसम्म वृद्धि गरेको हो । निजि डेरी संगठनहरुले यस अघि नै दुधको मुल्य बढाइसकेका छन् ।

मन्त्रिपरिषदको निर्णयअनुुसार वृद्धि भएको मुल्यमा डिडिसीले दुध खरिद गरिसकेको हुनाले आजदेखि बढेको नयाँ मुल्यमा उपभोक्ताहरुले खरिद गर्नुपर्छ । अब यसअघि ८६ रुपैयाँमा खरिद गरिदै आएको निलो प्याकेटको मुल्य प्रतिलिटिर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । गाईको दुध पनि प्रतिलिटर १४ रुपैयाँले बढेर ११६ रुपैयाँ र चिया दुधको मुल्य प्रतिलिटर १० रुपैयाँले बढेर ९० रुपैयाँमा उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएर प्रतिलिटर १३० रुपैयाँ पुराइएको छ । सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);