आजदेखि सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा लिन पाइने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

आजदेखि सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा लिन पाइने

काठमाडौं, २ चैत । काठमाडौं महानगरपालिकाले आजदेखि सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा सुरु गर्ने भएको छ । महानगरले नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् ।

सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा प्रशिक्षण दिइएको थियो । ल क्याम्पसका ५० जना विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र महानगरले हातमा थमाइदिएको छ । सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरेर कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्ने जनाएको छ ।

सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ ।

 

Leave a Reply