‘टिकुली ट्याक’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘टिकुली ट्याक’ सार्वजनिक

काठमाडौं । नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो । गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य (काकु) ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताउनु भयो । उहाँले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजि गरी भिडियो सम्पादन गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै कलाकार हरिष निरौला (क्रकोच) ले अन्य म्युजिक भिडियो भन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महशुस गरेको बताउनु भयो ।

त्यस्तै कलाकार प्रियना आचार्य (मुन्नी)ले राम्रो टिमसँग राम्रोसम्ग काम गरेको बताउनु भयो ।

त्यस्तै वरिष्ठ गायक नविनकिशोर राईले आफूले लामो समय हिँडेर गीतहरु खोजि रचना गरेको आफ्नो विगतको अनुभव सुनाउनु भयो ।

म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रश्तुत गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);