काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भुमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गर्नुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा महिलाहरुले निभाएको भुमिकाको चर्चा हुन नसकेको बताउनुभएको हो । उहाँले अवसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताउनु भयो । उहाँले संसदमा कानून निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भएपनि त्यसको मूल्यांकन हुन नसकेको बताउनु भयो ।
मन्त्री शर्माले संसदमा कोरम पु¥याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताउनु भयो । उहाँले संसदको बैठक आयोजना र व्यवस्थापन गर्नेकुरामा पनि महिलाहरुको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरुले महिलाको मूल्यांकन गरी खोजमुलक पत्रकारिता गर्नुपर्ने बताउनु भयो ।
मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरु असफल हुँदा समाज नै असफल हुने बताउनु भयो ।




