नवनियुक्त राष्ट्रपति पौडेलको शपथ ग्रहण हुँदै, आजैदेखि शितल निवासमा सर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

नवनियुक्त राष्ट्रपति पौडेलको शपथ ग्रहण हुँदै, आजैदेखि शितल निवासमा सर्ने

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिदैंछन् । आज दिउँसो १ बजे पौडेलले शपथ लिने कार्यक्रम रहेको छ ।शपथ लिएपछि आजैदेखि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिबाट पौडेलले आइतबार राजीनामा गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनी गत बिहीबार नौ दलको सहयोगमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ३३ हजार ८ सय २ मतभार प्राप्त गरी विजयी भएका हुन् ।

पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । शपथ ग्रहण पछि उनी शितल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);