काठमाडौं, २८ फागुन । सिन्धुलीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा तिव्र गतिको बस भित्तामा ठोक्किदा उनीहरुको ज्यान गएको हो ।
सिन्धुलीका प्रहरी एसपी राजकुमार सिलवालका अनुसार बा २ ख ६५९६ नम्बरको बस ओखलढुंगा जिल्लाबाट काठमाडौं जाँदै थियो । विहान बस कुईभिरमा पुग्दा भित्तामा ठोक्किएपछि चालक फरार भएका थिए ।
घटनामा घाइते १९ जनालाई अस्पताल पु¥याइएको छ । दुर्घटनाका बेलामा बसमा २९ यात्रु रहेको प्रहरीले अनुसन्धानबाट खुलाएको छ ।




