उपराष्ट्रपति बन्न अष्टलक्ष्मी, ममता, प्रमिला र रामसहाय मैदानमा; कस्ले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

उपराष्ट्रपति बन्न अष्टलक्ष्मी, ममता, प्रमिला र रामसहाय मैदानमा; कस्ले मार्ला बाजी ?

काठमाडौं, फागुन २७ । चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि चार उम्मेदवार खडा भएका छन् । आज शनिवार अपरान्ह २ बजेसम्म तीन दलका चार उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव र प्रमिला यादव, जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेका हुन् । विपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरिन् ।

नयाँ बानेश्वरस्थित निर्वाचन आयोगले स्थापना गरेको कार्यालयमा चारैजनाले मनोनयन दर्ता गरेका हुन् । योसँगै उपराष्ट्रपतिको प्रतिष्पर्धा रोचक बनेको छ ।

नेपालको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग र फरक समुदाय हुनुपर्ने संवैधानिक प्रावधान उल्लेख गर्दै शुक्रवार नै विज्ञप्तिमार्फत् प्रष्ट पारेपछि सत्तापक्षबाट पुरुष एक र महिला दुई गरी तीनजनाको उम्मेदवारी परेको हो । मतदानको दिनसम्म सत्ता गठबन्धनले साझा उम्मेदवार तय गर्ने अपेक्षा गरिएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट नै तीनजनाको उम्मेदवारी परेको छ । जसपाबाट नै दुईजना छन् । जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेपछि रोचक प्रतिष्पर्धा हुने देखिएको छ । उपराष्ट्रपतिमा सत्ता गठबन्धनभित्रै मत बाँडिएमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले बाजी मार्ने सम्भावना पनि रहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);