यी पाँच हुनसक्छन् भावी आइजीपीका प्रतिष्पर्धी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

यी पाँच हुनसक्छन् भावी आइजीपीका प्रतिष्पर्धी

काठमाडौं, २६ फागुन । नेपाल प्रहरीको भावी आइजीपीका पाँच प्रतिष्पर्धीको लगभग टुंगो लागेको छ । गृह मन्त्रालयले खाली रहेको पाँच एआइजीको दरबन्दीमा बढुवा सिफारिश गरेसँगै भावी आइजीपीका प्रतिष्पर्धीको टुंगो लागेको हो ।

गृहले सिफारिश गरेका नामहरुमा वसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । कुँवर, राई, ज्ञवाली र बज्राचार्य एउटै ब्याची हुन् । थापा ६ महिना पछाडिका ब्याची हुन् ।

आइजीपी धीरजप्रताप सिंह हालको प्रहरी नियमावली अनुसार चैत्रको दोस्रो हप्ता अवकाश पाउँदैछन् । उनीसँगै उही ब्याचीका एआइजी र डिआइजीहरु पनि अवकाशमा जाँदैछन् । त्यसपछि आइजीपी बढुवामा अब बढुवा हुने पाँच एआइजीबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);