काठमाडौं । ‘छड्के– २’ फ्लप भएपछि अभिनेता अनमोल केसीले मुख खोलेका छन् ।
केसीले आफु चलचित्र छनोटमा चुकेको स्वीकार गर्दै आफ्ना फ्यानहरुसँग माफि समेत मागेका छन् । सामाजिक सञ्जाल मार्फत केसीले अर्को चलचित्रमार्फत दर्शकको घाउमा मल्हम लगाउने आश्वासन समेत दिएका छन् ।
उनले आफु अहिले करियरको शुन्य अवस्थामा रहेको भन्दै अब करियरको दोस्रो सत्रको शुरुवात नयाँ चलचित्रबाट हुने समेत बताएका छन् ।