डा.केसीले महाकाली पारीको अस्पतालमा दिए निःशुल्क स्वास्थ्य सेवा, भदौ २९ देखि मेडिकल माफियाविरुद्ध सत्याग्रह गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

डा.केसीले महाकाली पारीको अस्पतालमा दिए निःशुल्क स्वास्थ्य सेवा, भदौ २९ देखि मेडिकल माफियाविरुद्ध सत्याग्रह गर्ने

पुष्कर भट्ट, कञ्चनपुर, भाद्र १९ । कञ्चनपुर जिल्लाको महाकाली नदिे पारीको दोधाराचाँदनी नगरपालिकामा प्रा.डा.गोबिन्द केसीले तीनदिनसम्म निःशुल्क स्वास्थ्य सेवा दिएका छन । आईतवार देखि मंगलबार सम्म दोधारा–चाँदनी अस्पतालले आयोजना गरेको ३ दिने स्वास्थ्य शिबिरमा डा. केसीले निशुल्क स्वास्थ्य सेवा दिएका हुन ।

दोधारा–चाँदनी नगरपालिका—६ का वडाध्यक्ष एव नगर अस्पतालका अध्यक्ष ओम बस्नेतले अर्थोपेडिक सर्जन हार्डजोर्नी तथा नसा रोग विषेशज्ञ डा. केसीले निःशुल्क उपचार र परामर्स सेवा दिएको बताउदै विशेषज्ञ सहितको स्वास्थ्य शिबिरमा सयौं स्थानीय लाभान्वित भएको अध्यक्ष बस्नेतले बताए ।

डाक्टर केसीले बिरामीलाई निःशुल्क चेकजाच तथा परामर्स दिने र गरिव विपन्न लाई आफैले वोकेर ल्याएको औषधि समेत निशुल्क प्रदान गरिरहेका छन । उनले विशेष गरी दिर्घकालिन हाडजोर्नि तथा नसा सम्वन्धि समस्या भएका विरामिलाई लाई परामर्श तथा औषधि वितरण गरिरहेका हुन । दोधाराचाँदनी अस्पतालमा डा.गोबिन्द केसीले तीनदिनमा ५ सय ९८ जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिएको दोधाराचाँदनी अस्पतालले जनाएको छ ।

दोधारा चादनी अस्पतालको आयोजनामा र वडा नम्वर ९ का अध्यक्ष ओम वस्नेतको पहलमा थालिएको स्ववास्थ्य शिबिरमा हाड जोर्नी समस्या भएकाहरुका लागी गाउघरमै निशुल्क उपचार र परामर्श पाउदा खुसी लागेको भन्दै डा. केसिले सहज रुपमा परामर्श दिईरहेका र स्वास्थ्य सिविर वाट सयौं विरामी लाभान्वित भएको उपचारमा आएका विरामिले बताएका छन ।

राज्यले चिकित्सा स्वास्थ्यमा गरेका दुर दराजका जनतालाई अझैपनी स्वास्थ्य शिक्षा वाट उपेक्षित गरिएका क्षेत्रमा गरिव जनताका छोरा छोरीले पाउनु पर्ने नैशर्गिक अधिकार वाट वन्चित गराएको अवस्थामा आफुले सरकारलाई वारम्वार सत्याग्रह मार्फत माग गर्दा पनी मागको सुनवाई गर्न नसकिरहेको अवस्था रहेको भन्दै सरकारले चिकित्सा क्षेत्रलाई मेडिकल माफिया लाई सुम्पेको उहाको भनाई रहेको छ ।

आफु ले वारम्वार मेडिकल माफियाका विरुद्ध पटक पटक सत्याग्रह गर्दा समेत कुनै सरकारले चासो नदेखाएको भन्दै भाद्र २९ गते देखि मेडिकल माफिया विरुद्ध सत्याग्रह गर्ने वताएका छन । दोधाराचाँदनी नगरपालिका—६ का वडाध्यक्ष एव नगर अस्पतालका अध्यक्ष ओम बस्नेत अस्पतालको अध्यक्ष भए पश्चात अस्पतालमा २ वटा एम्बुलेन्स, १ जना विशेषज्ञ डाक्टर सहित ३ जना ले दैनिक सेवा दिईरहेका छन भने प्रसुति सेवा समेत सञ्चालनमा आएको छ । त्यस्तै १० वटा बेड सहित ओपिडि सेवा का साथै रेविज खोपको समेत व्यवस्थापन गरिएको छ ।बिगतका दिनमा सामान्य बिमारी पर्दा उपचारको लागी भारतको खटिमा,बरेलीका अस्पतालमा पुग्ने गरेका दोधारा चाँदनीका बासिन्दा अहिले स्थानीय नगर अस्पतालमै राम्रो गुणस्तरिय उपचार पाउदा निकै खुसी भएका छन् ।

पछिल्लो समाचार

Leave a Reply