राष्ट्रपति निर्वाचनमा पाँचदल अझै अनिर्णित | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

राष्ट्रपति निर्वाचनमा पाँचदल अझै अनिर्णित

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने निर्णय गर्न सकेको छैन् । राष्ट्रपतिको उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवास नेम्वाङबी आगामी फागुन २५ गते प्रतिस्पर्धा हुदैछ । रास्वपाले फागुन २४ गते मात्रै उम्मेदवारबारे निर्णय गर्ने जनाएको छ । २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ ।

पौडेललाई ९ दलको समर्थन छ । नेम्वाङलाई अहिलेसम्म एमाले एक्लैको साथ छ । संसदको चौथो शक्ति रहेको र १५ सय १ मतभार रहेको रास्वपाले चुनावको अघिल्लो दिनमात्र निर्णय गर्ने सभापति रवि लामिछानेले जानकारी दिनुभयो । सभापति लामिछानेले आफ्नो पार्टीसँग दुबै उम्मेदवारले मत मागे पनि पार्टीले निर्णय गरिनसकेको प्रष्ट पार्नुभयो ।

२४ सय ५० मतभार रहेको राप्रपाले फागुन २४ गते कार्यसञ्चालन समितिको बैठक बोलाएको छ । संसदको अर्काे दल नेपाल मजदूरकिसान पार्टीले पार्टीभित्र त्यसबारे छलफल नै नभएको जनाएको छ । सांसद प्रेम सुवालले २५ गते बिहानसम्म निर्णय गर्न सकिने जानकारी दिनुभयो । राष्ट्रपति चुनावमा नेमकिपाको मतभार २ सय २३ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);