प्रचण्डविरुद्ध मुद्दा दायरपछि माओवादी धारका नेता संशकित, बालुवाटारमा भेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

प्रचण्डविरुद्ध मुद्दा दायरपछि माओवादी धारका नेता संशकित, बालुवाटारमा भेला

काठमाडौं, २३ फागुन । माओवादी धारका नेताहरु प्रधानमन्त्री निवासमा भेला भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदलतमा मुद्दा दायरपछि माओवादी धारका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा भएका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरू सहभागी छन् ।

Leave a Reply