होलीमा आँखा र छालालाई कसरी बचाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

होलीमा आँखा र छालालाई कसरी बचाउने

काठमाडौं । नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ ।

आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली देशभर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । पछिल्लो समय बिभिन्न सांगितिक कार्यक्रम गरि होलीमा रौनकता थपिने गरिएको छ । यस क्रममा रंग उडाउने देखि पानी छ्याप्नी, अण्डा पोड्ने लगायतका क्रियाकलापहरु गरेको पाइन्छ । तर, स्वास्थ्यलाई ख्याल नगरि होली खेले समस्या निम्तिन सक्छ ।
बजारमा पाइने रंगमा अति हानीकारक तत्वहरु जस्तैः आइरन, सिलिका र मर्करी समेत हुने भएकाले आँखा, छाला एवंम स्वासप्रस्वास प्रणालीमा समेत नकारात्मक असर पर्न जान्छ । यी हानिकारण तत्वहरुले छालाको संवेदनशिलता बढाउने, छाला सुख्खा पार्ने, आखाको कर्निया, आइरिस र लेन्समा समेत प्रतिकुल असर पार्ने गर्छन् । अझै मर्करीले त झँनै आन्तरिक अंगमै असर पार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

छाला संवेदनशिल भएका मानिसहरु रंगको सम्पर्कमै नआउँन चिकित्कसको सुझाँव छ । यसैगरि छालालाई ओसिलो राख्न होली खेल्नुअघि मोस्सराइजरको प्रयोग गर्नुपर्ने र सनस्क्रीन लगाउनु पर्छ ।
होली खेल्न बाहिर निक्लिनु अघि आँखालाई जोगाउन चश्मा लगाउने अतिआवश्यक छ । साथै, लेन्सको प्रयोगले आँखामा झँनै इन्फेक्सनको खतरा हुने भएकाले आँखाको नानीमा प्रयोग गरिने लेन्स प्रयोग नगर्न पनि चिकित्सकको सुझाँव छ ।

होली खेल्ने क्रममा आँखामा रंग परिहाले आँखा मिच्नु हुँदैन र सफा पानिले आँखा धुनुपर्छ । रंग लागेपछि छालामा धेरै रगट्नु हुँदैन् । रंग खेलेपछि छाला चिलायो र बिबिराहरु उत्पनन भएमा रंगको एलर्जी भएको बुझीन्छ । सो अवस्थामा छालालाई पानीले पखाल्ने र रंगको सम्पर्कमा आउँनुहुँदैन् । आँखा रातो भइराख्यो र आँखा बिझाँउने भएमा तत्काल चिकित्सकको सम्पर्कमा आउँनुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);