होली हंगामा : भृकुटीमण्डपबाट माउन्टेन टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

होली हंगामा : भृकुटीमण्डपबाट माउन्टेन टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दै

काठमाडौं, २२ फागुन । फागु पुर्णिमा अर्थात होली पर्वको अवसरमा आज माउन्टेन टेलिभिजन एचडीले ‘माउन्टेन होली हंगामा २०७९’को प्रत्यक्ष प्रशारण गर्ने भएको छ । प्रदर्शनी मार्ग भृकुटीमण्डपमा बिहान १० देखि बेलुका ५ बजेसम्म आयोजना गरिएको कार्यक्रमको प्रत्यक्ष प्रशारण माउन्टेन टेलिभिजिनबाट हुनेछ ।

होली विशेष कार्यक्रममा चर्चित कलाकारहरु प्रमोद खरेल, इन्दिरा जोशी, धिरज राई, छक्कापन्जाको टिम, अभिनेता राजवल्लभ कोइराला लगायत ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

टेलिभिजनले ‘रमौ होलीमा रङ्गियौं होलीमा, होलीको उत्साह, होलीको उमंग’ नाराका साथ ख्यातीप्राप्त रंगकर्मीहरुको साथमा होली उत्सवको आयोजना गरेको हो । कार्यक्रमको सयपत्री ज्वेलर्स, केटिएम हाइक, मनास्लु वल्र्ड कलेजलगायतले प्रायोजन गरेका छन् भने अमिर कला केन्द्रले व्यवस्थापन गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);