सबै समुदायमा उत्तिकै लोकप्रिय होली पर्व : प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सबै समुदायमा उत्तिकै लोकप्रिय होली पर्व : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होली पर्व सबै समुदायमा उत्तिकै लोकप्रिय रहेको बताउनु भएको छ । फागुपर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले लोकप्रिय र साझा संस्कृतिका रूपमा होली पर्व स्थापित भएको धारणा राख्नु भएको हो ।

होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित हुने उहाँको विश्वास छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा होली पर्व मनाइन्छ ।

“देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्दछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्नसमेत अभिप्रेरित गर्दछन् ।”–जारी सन्देशमा उल्लेख छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);