स्वदेश आइपुग्यो च्याम्पीयन टोली | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

स्वदेश आइपुग्यो च्याम्पीयन टोली

काठमाडौं । विश्वकपमा छनोट भएको नेपाली यु १९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो । नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । आइसिसी यु–१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो । नेपाल आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताउनु भयो । उहाँले सबै खेलाडीहरुले मिहेनत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा युएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताउनु भयो । उहाँले विश्वकप २०२४ मा हुने भएकाले अब विश्वकपका लागि धेरै समय बाँकी रहेकाले राम्रो नतिजा निकाल्ने गरी खेल्ने बताउनु भयो ।

त्यस्तै यु १९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताउनु भयो । उहाँले टुर्नामेण्टमा जाँदा धेरै चुनौति भएपनि अब आउने दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौति रहेको बताउनु भयो । उहाँले विश्वकपमा छनोट हुनु आफ्ना लागि एउटा सपना जस्तै भएको बताउनु भयो ।

त्यस्तै बलर दीपेश कँडेलले ह्याट्रिक विकेट भन्दा पनि आफ्नो टिमले जितेकोमा खुशी लागेको बताउनु भयो । उहाँले आफू अन्तिम ओभर बलिङ गर्न आउँदा आफ्नो जीवको फस्र्ट एण्ड लास्ट ओभर सोचेर बलिङ गरेको बताउनु भयो ।

नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु–१९ विश्वकप खेलेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);