जादुमय जित निकाल्दै विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे नेपाल आइपुग्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

जादुमय जित निकाल्दै विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे नेपाल आइपुग्ने

काठमाडौं । आईसीसी यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली टोली आज स्वदेश फर्किदैछ ।

युएईमाथि सात रनको रोमाञ्चक जित हात पार्दै सन् २०२४ मा श्रीलङकामा हुने विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको नेपाली टोली आज बेलुका ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने क्यानले जनाएको छ ।

विश्वकपमा पुग्न सफल भएको टोलीलाई स्वागत गर्न समर्थकहरु विमानस्थल जाने तयारी रहेको छ ।

नेपाल विश्वकप पुगेको यो आठौं पटक हो । नेपालले यसअघि २००० देखि लगातार २००८ सम्म, २०१२ र २०१६ मा विश्वकप खेलेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);