पीएनजीमाथि नेपालको रोमान्चक जित | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

पीएनजीमाथि नेपालको रोमान्चक जित

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा पपुवा न्यु गिनी(पीएनजी)माथि नेपालले रोमान्चक जित निकालेको छ ।नेपालले पीएनजीलाई तिन विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो । १८० रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको थियो ।

असिफ सेखले क्रिजलाई सम्हाल्दा ४८औं ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले लक्ष्य पुरा गर्यो । नेपालका लागि आसिफ सेखले अविजित रहँदै सर्वाधिक ८५ रनको योगदान दिए । साथै, सन्दीपले ५० बलमा अविजित रहदै ३५ रन बनाए ।

बलिंग्ग तर्फ सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ तथा सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);