एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी खान कानुनी विवादमा परेकी छन् । वास्तवमा लखनउमा एक व्यक्तिले गौरी खानसहित ३ जनाविरुद्ध एफआईआर दर्ता गरेका हन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।
गौरीको ब्रान्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवंत शाह नामका व्यक्तिले आरोप लगाएका छन् । यो फ्ल्याट तुलसियानी गोल्ड भ्यू, सुशान्त गल्फ सिटी, लखनउमा अवस्थित छ । गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊ प्रहरी चौकीमा उजुरी दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार उक्त व्यक्तिले उजुरीमा आफूसँग पैसा लिए पनि यो फ्ल्याट अरु कसैलाई दिएको दाबी गरेका छन् । उजुरीकर्ताले गौरी खान बाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर शाहले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।
गौरीको आफ्नै कम्पनी ‘गौरी खान डिजाइन्स’ छ । उनी बी–टाउनका उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, जसले धेरै प्रसिद्ध सेलिब्रेटीहरूको घर डिजाइन गरेका छन्। यसबारे गौरी खानलाई कुनै जानकारी छैन । उनी यस ब्रान्डकी एम्बेसडर मात्र हुन्, त्यसैले उनको नाममा पनि एफआईआर दर्ता गरिएको छ । यद्यपी गौरी खानको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।