प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकारबाट हट्न वाध्य ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकारबाट हट्न वाध्य ( भिडियो रिपोर्ट )

लक्ष्मी प्रसाद न्यौपाने  \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ , फाल्गुन १७।  प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्य दुई महिनामै अन्त गर्नुभएको छ । राष्ट्रपतिको विषयमा ओलीसँगको पुरानो सहमति तोड्दै प्रचण्ड चुनावअघिकै गठबन्धनमा फर्कनुभएको छ । यसले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकार छाड्न वाध्य तुल्याएको छ । उनीहरुले समर्थन पनि फिर्ता लिएबाट प्रचण्डले चैत्र १२ गतेभित्र विश्वासको मत लिनुपर्ने भएको छ । राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल जित्नेमा ढुक्क हुनुहुन्छ। यसबीच सत्तामा मन्त्रालय बाँडफाँडको कुरा भित्र भित्र चल्न थालेको छ । नेपाली कांग्रेसले सरकारमा जाने गृहकार्य अघि बढाएको छ ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनअघि नै सकेसम्म धेरै दललाई आफ्नो सरकारमा समावेस हुने गरी सरकार पुनर्गठनको तयारी गरिरहनुभएको छ । तर, चुनाव केही दिन मात्र बाँकी रहेकाले त्यसपछि मात्र सरकार विस्तार हुने एकाथरीको अनुमान छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ राष्ट्रिपतिको निर्वाचन अघि वा पछि जुनसुकै वेला प्रधानमन्त्रीले मन्त्री मण्डललाई पुर्णता दिन सक्ने गरी तयारी भइरहेको बताउनु हुन्छ।
देवप्रसाद गुरुङ, महासचिव, नेकपा माओवादी केन्द्र

मन्त्रिमण्डलमा नयाँ गठबन्धनका दलहरुको दाबी सुरु भइसकेको छ । कांग्रेसमा सरकारमा जाने आकांक्षीहरुको चर्चा चल्न थालेको छ । कतिपयले आफू सरकारमा नजाने प्रष्टोक्ति दिइसकेका छन् । नेकपा एसबाट ९ जना सांसद नै मन्त्रीका दाबेदार छन् । अन्य दलको पनि आफ्नै दाबी छ । सबैलाई मिलाएर लानुपर्ने चुनौती प्रचण्डसामु देखिएको छ ।
देवप्रसाद गुरुङ, महासचिव, नेकपा माओवादी केन्द्र

मन्त्रीका आकांक्षीहरुको नाम धमाधम सुनिदै गर्दा प्रधानमन्त्री प्रचण्ड मात्र नभई गठबन्धनका दलहरु पनि तत्काल मन्त्रिमण्डल विस्तारमा हतार नगर्ने मनस्थितिमा हुनुभएको विश्वस्त स्रोतहरुले बताएका छन् । अहिले नै नयाँ मन्त्री थपेमा राष्ट्रपतिको चुनावको मतदानमा प्रभाव पर्न सक्नेतर्फ नेताहरु सचेत हुनुभएकाले सरकारको विस्तामा अझै केही दिन लाग्ने सम्भावना देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);