सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ

धादिङ । धुनिवेशी नगरपालिका–६ नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र जिउँदो हुचिल १ थानसहित थाक्रे गाउँपालिका–५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामा समेत दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गरेका उनीहरूलाई बोराभित्र लुकाई ल्याएको खपटा र कार्टुनभित्र लुकाई ल्याएको हुचिलसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);