काठमाडौं । प्रहरीले भन्सार छलेर ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू बरामद गरेको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।११।१६ गते ६ः३० बजे वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएको हो ।
तिन लाख सत्तरी हजार चार सय तीस बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि मिति २०७९।११।१७ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीे जनाएको छ ।




