काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश सभापति मनोनित गरेको छ । सबै प्रदेशमा समितिहरू गठन गरी जिम्मेवारी तोकेको हो ।
रवि लामिछाने नेतृत्वको रास्वपाले प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने रहने गरी जिम्मेबारी दिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट चयन गरी जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।