'भाइरल' पुल निर्माणमा संलग्नहरुविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

‘भाइरल’ पुल निर्माणमा संलग्नहरुविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, १४ फागुन । बाटो नभएको ठाउँमा पुल बनेर सर्वत्र आलोचना भएको घटनाले गत वर्ष चर्चा पाएको थियो । यो घटना हो गोरखा नगरपालिका वडा न ३ स्थित जरेवरस्थित दरौदी नदीको पुलको ।

बाटो नभएको ठाउँमा साँढे पाँच करोडको पुल बनाइएको थियो त्यहाँ । उक्त स्थानमा पुल बनाउन बजेट विनियोजन गर्ने देखि ठेकेदारसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धानले मुद्या दायर गरेको छ ।

अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार सचिव ईश्वर चन्द्र मरहट्टासहितमाथि पाँच करोड ४५ लाख ५२ हजारको बीगो कायम गरी मुद्या दायर भएको छ ।

परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरित गरेको, पुलको स्थान र नाम परिवर्तन, पुल डिजाइन गराउन स्वीकृत गराउनुको साथै पुलको छनोट गराई कार्यक्रम तयार गरी स्वीकृत गरिएको आरोपपत्रमा उल्लेख छ ।

मुद्या दायर भएकाहरुमा प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ, सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगाना पनि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);