आज राष्ट्रिय सभा बैठक बस्दै, यी हुन् तीन कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

आज राष्ट्रिय सभा बैठक बस्दै, यी हुन् तीन कार्यसूची

काठमाडौं, १४ फागुन । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्भावित तीन कार्यसूची रहेका छन् । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

राप्रपा सरकारबाट बाहिरिएपछि सो पार्टीका नेताहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । सोही जानकारी राष्ट्रिय सभालाई गराउन लागिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले प्रतिवेदन पेस गर्ने दोस्रो कार्यसूची रहेको छ ।

त्यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने तेस्रो कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);