अर्थमन्त्री पौडेल स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं, १४ फागुन । भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा सहभागी हुन फागुन ११ गते भारत पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल शनिबार स्वदेश फर्कनु भएको छ । अर्थमन्त्री पौडेल शनिबार राती ९ बजे काठमाडौं उत्रनुभएको हो ।

अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गर्नु भएको थियो ।
नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले निमन्त्रणा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);