काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफु कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।
शाहले शनिबार दिउँसो सामाजिक सञ्जाल मार्फत आफुलाई आजै राजीनामा दिन दबाब आएको खुलासा गरेका थिए ।
उनले यो देश कहिले पनि बन्दैन् भन्दै दुख समेत पोखेका थिए ।
तर, त्यसको केहि घण्टापछि बालेनले अर्को अभिव्यक्ति दिएका छन् । ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन,’ उनले भनेका छन् ।