राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिष्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिष्पर्धा

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ । पौडेलको बारे काँग्रेसले निर्णय गरेको केही बेरमै एमालेले नेम्वाङलाई अगाडि सार्ने निर्णय गरेको हो ।

एमाले नेता योगेश भट्टराईले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । पौडेल र नेम्वाङ दुवै पूर्वसभामुख हुन् ।

पौडेललाई नयाँ बनेको आठ दलको गठबन्धनको साथ हुने निर्णय आइसकेको छ नेम्वाङको पक्षमा एमाले रहेको छ भने राप्रपा पनि साथ हुने सम्भावना छ ।

पौडेल र नेम्वाङ दुवै बहालवाला सांसद पनि हुन् । उनीहरुसँग लामो राजनीतिक अनुभव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);