ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक

सौराहा । एमालेको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर दिउँसो १ बज्न लाग्दासमेत बन्दसत्र सुरु हुन सकेको छैन । केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो ।

एमाले अध्यक्ष केपी ओली केही बेर अगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश गरेका छन् । उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए । 

एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन् । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);