राप्रपा सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

राप्रपा सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । राप्रपाको आकस्मिक बैठक बसी सरकारबाट बाहिरिने निर्णय लिएको हो ।

निर्णयलगत्तै राप्रपाका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । राप्रपाबाट उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्रीमा अध्यक्ष राजेन्द्र लिङ्देन, सहरी विकासमा उपाध्यक्ष विक्रम पाण्डे, कानून तथा संसदीय मामिलामा उपाध्यक्ष्ँ ध्रुवबहादुर प्रधान र ऊर्जाराज्यमन्त्रीमा दिपकबहादुर सिंह सरकारमा थिए ।

राप्रपाका मन्त्रीहरुको प्रधानमन्त्री प्रचण्डसँग सिधा टकराव बढिरहेको थियो । उनले चार दलको बैठकमा पनि राप्रपालाई उचालेर आफूलाई काम गर्न नदिएको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);