सन्दीपको मुद्दामा बहस सकियो, फैसला आजै आउने | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

सन्दीपको मुद्दामा बहस सकियो, फैसला आजै आउने

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भइरहेको बहस सकिएको छ । लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको थियो । कानुन व्यवसायीहरुले उनको मुद्दामाथि आज बसह गरेका थिए । फैसला आजै आउने बताइएको छ ।

उच्च पाटन उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्ने फैसला गरेपछि सरकारी पक्षले सर्वोेच्चमा पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै हिजो सर्वोच्चमा निवेदन दिएका छन् । दुवै निवदेनलाई सँगै राखेर एकैपटक सुनुवाई हुनुुपर्ने सन्दीपका वकिलहरुको माग छ ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);