बालाजु औद्योगिक क्षेत्रभित्रका ग्यास उद्योग हटाउन स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बालाजु औद्योगिक क्षेत्रभित्रका ग्यास उद्योग हटाउन स्थानीयको माग

काठमाडौं, १४ पुस । काठमाडौंको बालाजु क्षेत्रका स्थानीय वासिन्दाले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको ग्यास उद्योग हटाउन माग गरेका छन् ।

बालाजु क्षेत्रका स्थानीय वासिन्दाले ग्यास उद्योगका कारण आफुहरु असुरक्षित रहेको भन्दै उद्योगलाई अन्यत्रै स्थानान्तरण गर्न माग गरेका हुन् । उद्योगको स्थानान्तरणका लागि दबाब दिने उद्देश्यले स्थानीयवासीहरुले आज बालाजु औद्योगिक क्षेत्रमा प्रदर्शन गरेका छन् ।

बालाजु औद्योगिक क्षेत्रभित्र नेपाल ग्यास उद्योग छ । केही दिन पहिले वीरगञ्ज महानगरपालिकामा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि बालाजुका स्थानीयवासी त्रसित भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);