काठमाडौं, ११ फागुन । दक्षिण कोरियाले नेपालबाट तत्काल मौसमी श्रमिक नलिने भएको छ । नेपालबाट कोरियाले मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने भएको हो ।
दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुुङह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने नेपाली दुतावासलाई जानकारी दिएका हुन् ।
दक्षिण कोरियाले मौसमी हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७० प्रतिशतभन्दा बढी अवैध रुपमा बसेको खण्डमा सो देशबाट मौसमी श्रमिक ल्याउन ३ वर्ष प्रतिबन्ध लगाउने नीतिअनुसार रोक लगाएको हो ।